मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं/ नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा गुटबन्दीको सुरुवात अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको आरोप लगाउनुभएको छ ।

बुधबार नेपाल–खनालनिकट नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तीन वर्षमा पार्टीमा सैद्धान्तिक, वैचारीक शून्य बनाइ अराजकतावाद निम्ताएर अध्यक्ष ओलीले मदनभण्डारी फाउन्डेसन स्थापना गरेर गुटबन्दी र अराजकतावादको थालनी गरेको उहाँले आरोप लगाउनुभयो ।

मदनभण्डारी फाउन्डेसन स्थापना गरेर गुटबन्दी र अराजकतावादको थालनी गर्नुभयो । पार्टीमा सैद्धान्तिक, वैचारिक शून्य बनाएर अराजकतावाद निम्ताउनुभयो,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय त उहाँले पार्टीका बैठक पनि छुट्टै राख्न थाल्नुभयो । जुन विधिमा पार्टी हिडाउनुपर्ने थियो तर विपरीत ढंगले काम गर्न थाल्नुभयो । कमरेडहरु तीन वर्षको अवधिमा कमरेड ओलीले अवसरवादी, गुटबन्दी सुरुवात गर्नुभयो ।’

निर्वाचनपछि ओली नेतृत्वको सरकारमा सरकार गठन गरे पनि केवल मनपरीतन्त्रमात्र चलाइएको उहाँले आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरियो । तर, पार्टी, विधान, नीति र पद्धतिलाई त्यागेर मनपरीतन्त्र गर्न थाल्नुभयो । क्याबिनेटमा आफूनिकट मान्छे राखेर बुथ कब्जा गर्न खोज्नुभयो । पार्टीसँग कुनै छलफल भएन । तीन तीन वर्षसम्म कुनै छलफल भएन ।’

यसैगरी ओली सरकार बनेको तीन वर्षको तीनै पटकको बजेटमा कुनै सरसल्लाह नभएको पनि वरिष्ठ नेता खनालको आरोप छ । उहाँका अनुसार तीन वर्षको तीनै पटकको बजेटमा पार्टीसँग कुनै सरसल्लाह भएन, केवल एकलौटी ढंगले बजेट प्रस्तुत गरियो ।

निर्वाचनका समयमा कृषि, औद्योगिक, राष्ट्रियता सुदृढीकरण गर्न घोषणापत्रमा उल्लेख गरिए पनि घोषणापत्रभन्दा विपरीत काम गरिएको उहाँले बताउनुभएको छ । यद्यपि, यो तीन वर्षमा भ्रष्टचार तन्किएको उहाँले बताउनुभयो ।

६०० पटक हेरिएको

तपाईको प्रतिक्रिया