
बिरामी नभइकनै लामो वर्षसम्म बाँ’च्ने धेरैको चाहना हुन्छ । यद्यपि, यो चाहना धेरैको पूरा नहुन सक्छ किनभने उमेर बढेसँगै धेरैजसो मानिसहरु कुनै न कुनै रो’गको शि’का’र भइरहेका हुन्छन् । यद्यपि, केही एन्टी एजिङ फुड्सले शरीरलाई भित्रैदेखि स्वस्थ बनाउने गर्छ जसका कारण तपाईंले लामो जीवन पाउन सक्षम हुनुहुनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
ब्रोकाउली: बढ्दो उमेरका लागि ब्रोकाउलीले एक औषधीको रुपमा काम गर्छ । ब्रोकाउलीमा निकोटिनमाइड मोनोन्यूक्लियोटाइड हुन्छ जुन मांसपेशी, कलेजो र आँखाका लागि अत्यधिक राम्रो मानिन्छ । यसले तौल पनि नियन्त्रण गर्छ, शारीरिक चुस्तता बढाउँछ र प्र’ति’रोधी क्षमता बलियो बनाउँछ । आफू स्वस्थ हुन र लामो उमेरका लागि पनि यी सब कुरा आवश्यक छ ।
भेंडे खुर्सानी: हामीलाई छिट्टै बुढो हुन नदिने खानेकुरामा भेंडे खुर्सानी पनि पर्छ । यसमा एन्टिअक्सिडेन्स र भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यी दुई तत्वले हामीलाई लामो उमेर दिने काम गर्छ । शोधमा पत्ता लागे अनुसार भेंडे खुर्सानीमा पाइने क्यारोटिनोयडले उमेर बढेसँगै हुने मोतीबिन्दू र म्याक्यूलर डिजेनेरेशन (उमेर बढेसँगै आँखामा देखिने समस्या) जस्ता रो’गलाई रोक्न मद्दत गर्छ ।
गाजर: गाजरले तपाईंलाई लामो उमेरमात्रै दिँदैन, यसले तपाईंलाई आकर्षक पनि बनाउँछ । ग्लासगो र एक्सेटरको विश्वविद्यालयद्वारा गरिएको एक शोधमा पाइए अनुसार गाजरमा पाइने क्यारोटिनोयडले उमेरको गतिलाई सु’स्त बनाउने काम गर्छ । गाजरमा पाइने भिटामिन एले छालाको तन्तुलाई स्वस्थ बनाउँछ र छालालाई ब्याक्टेरिया र भाइरसबाट पनि जोगाउँछ ।
ओखर: बीएमसी मेडिसिनमा छापिएको एक शोधका अनुसार हप्तामा कम्तीमा तीन पटक ओखर खानेहरुको उमेर दुईदेखि तीन वर्षसम्म बढ्ने गर्छ । नियमित रुपमा ओखर खाँदा क्या’न्स’र र मु’टुको समस्या हुँदैन । यी दुबै यस्ता रोग हुन् जसको उमेर सँगै ख’त’रा पनि बढ्ने गर्छ ।
सारडाइन फिश: ओमेगा–थ्री फ्याटी एसिड लामो उमेर चाहनेहरुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । एकेडेमी अफ न्यूट्रिशन तथा डाइटेटिक्सका अनुसार यसले मुटु र मधुमेहको ख’त’रालाई कम गर्छ । सारडाइन फिश खाँदा ओमेगा–थ्री र भिटामिन बी१२ को पूर्ति हुन्छ । ओमेगा–थ्री र भिटामिन बी–१२, दुबै लामो उमेरका लागि आवश्यक पोषक तत्व मानिन्छन् ।
एभोकाडो: क्रिमले भरपुर एभोकाडो खाँदा स्वादिष्ट त हुन्छ नै यो पोषणले पनि भरपुर हुन्छ । एभोकाडोमा हेल्दी फ्याट पाइन्छ जसले शरीरलाई भित्रैदेखि स्वस्थ र छालालाई चम्किलो बनाउँछ । यसमा पाइने भिटामिन ‘ए’ ले शरीरलाई सं’क्र’मणबाट टाढा राख्छ ।
ब्लूबेरिज: ब्लूबेरिज भिटामिन ए र सीका साथै एन्थोसायनिनजस्ता एन्टी एजिङ एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । शोधमा पाइए अनुसार एन्थोसायनिनको उच्च मात्राले शरीरलाई सुरक्षित राख्छ र उमेर बढ्ने संकेतलाई कम गर्छ । ब्लूबेरिजमा पाइने एन्टीअक्सिडेन्टले मु’टु, क्या’न्सर र स्नायू प्रणालीसम्बन्धि ग’म्भी’र रो’गबाट जोगाउँछ ।
चिया सिड्स: चिया सिड्स पोषक तत्वले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले छालाको रक्षा गर्छ । चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर, प्रोटिन र सबै आवश्यक अमिनो एसिड हुन्छ । स्वास्थ्य विज्ञले एन्टि एजिङ खानामा चिया सिड्सलाई कुनै पनि हालतमा समावेश गर्न सल्लाह दिन्छन् ।
अंगुर: सानो देखिने अंगुरमा विभिन्न आवश्यक एन्टी एजिङ तत्व पाइन्छ । एउटा अंगुरमा १५ सय नेचुरल प्लान्ट कम्पाउन्ड पाइन्छ । यसबाहेक यसमा एन्टिअक्सिडेन्ट र अन्य पोलिफेनोल्स पनि हुन्छन् जसले उमेरको गतिलाई कम गर्छ र स्वस्थ तरिकाले अघि बढ्न सहयोग गर्छ । शोधका अनुसार पोलिफेनोल्सले आँखा, ह’ड्डी, कलेजो र दि’मागलाई स्वस्थ राख्छ ।
पालुङ्गो: पोषक तत्वले भरपुर पालुङ्गोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । द डाइट डिटक्सकी चर्चित लेखिका ब्रुक अलपर्टले द हेल्दी वेबसाइटलाई भनिन्, ‘पालुङ्गोमा पाइने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्ससँग ल’ड्न मद्दत गर्छ । आइरनबाहेक यसमा पाइने भिटामिन ए र भिटामिन सीले नयाँ स्किन सेल्स बनाउँछ ।’