सोमबार १० आश्विन २०७९

रुद्र वा शिवका अनेकौं नाउँमध्ये ‘पशुपति’ शिवको प्रमुख नाउँ हो । हि’न्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ । जन्म देखि मृ’त्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । भगवान शिवले प’शुको रुप धारण गरी यस स्थानमा क्रीडा गरेका हुनाले यहाँ शिवलाई पुशपति अर्थात् पशुहरुको स्वामी भनिएको हो । महाभारतमा भगवान शिवको अ’स्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई यु’द्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।

पौराणिक कथानुशार महाभारतको यु’द्वपछी पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग यु’द्वमा आफन्तहरूको मा’रे’काले गो’त्र’ह’त्याको पा’पबाट मु’क्त हुनको लागि के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गो’त्र’ह’त्याको पा’पबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए । पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप धारण गरी भैंसीको बथानमा लु’के’का थिए ।

पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धा’सिएका थिए । यसरी शिवजी जमिनमा धा’सिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए ।

यसरी पाण्डवहरूले प’शु’रु’पी शिवको पुछर स्पर्श गरेर गो’त्र’ह’त्याको पा’पबाट मु’क्त भएका थिए । यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालिएको हो ।

एक अर्को कथाका अनुशार भगवान शिवले मृगको रुप धारण गरी श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान यहाँ भगवान शिवलाई पशुपतिनाथ भनिएको हो भन्ने पनि विश्वास रहँदै आएको छ ।

८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया