
काठमाडौँ / भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चि’न्तित बनेका छन् ।
भारतको वि’धा’न र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चि’न्तित बनेका हुन् ।
समितिले निर्यातमा रो’क लगाउने आशय देखिएपछि उद्योग व्यवसाय नै धराशायी हुने भन्दै उद्योगी व्यवसायी झ’स्किएका हुन् । नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।
गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताउनुभयो । “नेपालको चिया उच्च गुणस्तरको छ ।
भारतकै प्रयोगशालाबाट प’री’क्षण गरेर निर्यात गरिरहेका छौँ,” उहाँले भन्नुुभयो, “प्रमाणित नहुने निराधार आरोप लगाएर निर्यातलाई प्रतिबन्ध लगाउन खोजेको खोजिएको छ ।”
अहिले नेपालका विभिन्न १३ जिल्लामा २६ हजार हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । नेपालबाट वार्षिक करिब चार अर्बको चिया निर्यात हुने गरेको छ । भारतले निर्यातमा प्र’ति’बन्ध लगाए चिया उद्योग व्यवसाय ब’न्द भई किसान प्रत्यक्ष मा’रमा पर्ने रहेको व्यवसायीको भनाइ छ ।
त्यति मात्र हैन भारतले रो’क लगाउँदा नेपालबाट भारतबाहेक अन्य देशमा हुने चिया निर्यातमा समेत सम’स्या पर्ने व्यवसायीले बताएका छन् । नेपालको चियाले भारतीय बजारमा राम्रो उपस्थिति जनाएपछि कम गुणस्तर देखाएर निर्यात ब’न्द गर्ने सङ्केत देखिएको चापागाईंको भनाइ छ ।
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भारतले निर्यातमा प्र’ति’बन्ध लगाउने गरी कम गुणस्तरको देखाएर संसद्मा प्रतिवेदन पेस गरेको बताउनुभयो । “भारतकै प्रयोगशालामा प’री’क्षण गर्दा नेपालको चिया उच्च गुणस्तरको देखिएको छ । याे खबर गाे’र’खापत्र दै’निकमा छ ।