सोमबार १५ जेठ २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास गरेका छन् ।

जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपालमा नागरिकता सम्बन्धी ठुलो स’म’स्या स’मा’धानका लागि ल्याइएको विधेयक भएका कारणले राष्ट्रपतिले त्यसलाई फि’र्ता नगर्ने बताएका हुन् ।

नागरिकतामा विशेष गरेर तराई मधेसका जनताका छोराछोरीको स’म’स्या प्रवल रहेको छ । त्यस कारण त्यत्रो स’मस्या स’मा’धान गर्न सरकारले गरेको पहल र सदनले गरेको प्रस्तावलाई राष्ट्रपतीले फि’र्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । उहाँले गर्नु पनि हुन्न भन्ने लाग्छ,” उनले भने ।

उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरे राम्रो नहुने पनि बताएका छन् । “फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन, फेरि जान्छ र हस्ताक्षर गर्नैपर्ने अवस्था आउँछ,” उनले भने ।

२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया