सोमबार १० आश्विन २०७९

काठमाडौं, २५ साउन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी दोस्रो दल बन्ने दा’बी गरिरहेका छन् ।

कांग्रेससहितका पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी आगामी निर्वाचनमा निर्णायक श’क्तिको रुपमा उभिने बताउँदै आएका छन् । यो सँगै उनी निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको रुपमा पनि प्रस्तुत भैरहेका छन् ।

निर्वाचनपछि कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने चर्चा भैरहेको छ । आगामी निर्वाचनमा दाहाल स्वयम भने कहाँबाट चुनाव लड्छन् ? भन्ने कुरा अहिले अर्को चर्चाको विषय बनेको छ ।

यसअघि दाहाल चितवन–३ बाट निर्वाचित भएका थिए । नेकपा एमालेसँगको गठबन्धनमा उनी ०७४ सालको चुनावमा भा’री मतले विजयी भएका थिए । अहिले उनी चितवनबाटै चुनाव ल’ड्छन् ? वा के गर्छन् ? भन्ने विषय निक्र्यौल भएको छैन ।

कतिपयले दाहाल धनुषा–१, सिरहा–१, सिन्धुलीबाट चुनाव ल’ड्ने चर्चा चलिरहेको छ । तर, दाहालले भने आफू चितवनबाटै चुनाव ल’ड्ने बताएका छन् । जापान भ्रमणमा रहेका दाहालले गृहजिल्ला चितवनबाटै चुनाव ल’ड्ने घोषणा गरेका छन् ।

जापानमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा दाहालले भनेका थिए,‘म अन्तबाट होइन, चितवनबाटै चुनाव ल’ड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव ल’ड्छु, प्रष्ट हुनुहोला ।

देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने स’म्भा’वना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु, म अ’पि’ल गर्छु की जापानमा रहेका साथीहरूले पनि मलाई सहयोग गर्नुहोस् ।’ रि’पो’र्टर्स नेपाल बाट ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया