सोमबार १० आश्विन २०७९

शास्त्रअनुसार सबैभन्दा चाँडै प्रसन्न हुने दे’व’ताका रुपमा हनुमानजीलाई लिइन्छ । मंगलबार हनुमानजीको जन्म भएको र यो दिन हनुमानजीको विशेष पूजा–अर्चना गरे स’र्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ ।

हनुमानजीलाई प्रसन्न पार्न सकेको खण्डमा सवै का’र्यसिद्धि हुने विश्वास गरिन्छ । भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, शौभाग्य मिल्नुका साथै मांगलिक दो’ष तथा क्रो’ध निय’न्त्रण जस्ता दु’ष्प्रभावबाट मु’क्ति मिल्नेछ । यस्तै जीवनको सबै मनो’कांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ ।

हनुमानजीलाई प्रसन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । बिहान हनुमानजीको प्रसादको रुपमा गुड, नरिवल, लड्डु च’ढा’उनु पर्छ ।

हनुमानजीको पूजा गर्ने व्यक्तिले ब्र’ह्मचर्यको पालना गर्न आवश्यक हुन्छ । सफासग्घर रहनुका साथै फो’होरी कुराहरुबाट टाढा रहनु पर्दछ । शरीर तथा मनलाई पनि सँधैभरी शुद्ध राख्नु पर्दछ । पूजामा रा’तो वा पहेलो रंगको फूल विशेष रुपमा च’ढा’उनु पर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्व रहन्छ ।

मंगलबार यस्ता काम गर्नुहोस् :-

मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उ’र्जा पैदा हुन्छ ।
एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले न’क’रात्मक कामहरुलाई स’मा’प्त पार्ने गर्छ ।

मंगलबारको दिन बेलुकाको समयमा हनुमानजीलाई गुलाब च’ढा’उनुहोस् । यसले जीवनमा रहेका स’मस्या समाधान गर्छ । मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।

शुद्ध ध्यु वा तेलको बत्ती बा’ल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ ।
मंगलबार बिहान बच्चाको सिरानीमा फि’टकरी राखिदिनुहोस् । जो सुत्दा ड’रा’उने बच्चा छन् त्यस्तो सम’स्या समाधान हुन्छ ।

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया