आइतबार ०९ आश्विन २०७९

काठमाडौं / निर्वाचन आयोगले दल द’र्ताका लागि निवेदन आ’ह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐ’न २०७३ बमोजिम नै रहेको आयोगको का’नु’न तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

ऐ’नले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ । उक्त प्रा’वधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा द’र्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल द’र्ता गर्न आह्वान गर्दा यस प्रकारको व्यवस्थाबारे प्रष्ट्याएको हो । यो समाचार आजको गोरखापत्र दै’निकमा छा’पिएको छ ।

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया