शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा उक्त संसदीय निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी मन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि हिजो बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मै संसदीय चुनाव गर्ने सहमति गर्दै सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो । सोही आधारमा आजको मन्त्रिपरिषद बैठकले चुनावको मिति यकीन गरेको बताइएको छ । यसको औपचारिक घोषणा पनि गरिसकिएको छ ।

चुनावको मिति घोषणा भएपछि अहिले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालबारे ब’ह’स चलिरहेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा गर्न सिफारिशको निर्णय गरेसँगै यसबारे ब’ह’स चलेको हो ।

निर्वाचन घोषणा भएपछि प्रतिनिधि सभा र प्रदेश सभा स्वतः खा’रेज हुने कतिपय का’नू’न व्यवसायीको जि’कि’र छ । तर, ५ वर्षे कार्यकाल हुने भएकाले २२ मंसिरसम्म अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु बहाल रहने त’र्क पनि गरिदैछ ।

सरकारले संसद वि’घ’टन गरेको छैन । वि’घ’टनको निर्णय नगरी चुनाव घोषणा गरेको छ । यसबाट प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले अझै ४ महिना तलब बुझ्ने अवस्था बन्न सक्छ । उनीहरु सांसदकै रुपमा रहने स’म्भा’वना छ ।

३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया