सोमबार १० आश्विन २०७९

सोल (दक्षिण कोरिया) / दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अ’भा’वलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ ।

कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अ’भा’व भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्या’य मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

यहाँको न्या’य मन्त्रालयले स्थानीय क्षेत्र विशेषलाई लक्षित गरेर कोरियामा स्थायी बसोवास गर्न पाउनेगरी अक्टोवरदेखि एफ-२ भिसा प्रदान गर्न लागेको हो ।

त्यसकालागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रमसम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिसा प्राप्त गर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने स’र्तमा सहमत हुनुपर्ने कुरा उल्लेख छ ।

उक्त भिसा प्राप्त गर्नका लागि कोरियाली भाषामा प्रविणता तहसम्मको दक्षता हाँसिल गरेको र औपचारिक शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।

यसरी भिसा प्राप्त गर्ने विदेशीले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन पाउने तर पछि भिसा परिमार्जन गर्दै लैजान सक्ने वा नसक्ने भन्ने विषयमा अहिले प’रि’क्षणकाल भएकाले उल्लेख गरिएको छैन । उक्त योजनामा सहभागी हुन चाहने विदेशीले सरकारले तोकेका ८९ पालिकामार्फत आवेदन दिन सक्ने छन् ।

मन्त्रालयले आवेदन हेरेर ग्रामीण स्तरका ५ क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५ सय जना विदेशीलाई उक्त भिसा प्रदान गर्ने बताईएको छ । उक्त योजना १ वर्षसम्म प’री’क्षणकालका रुपमा सञ्चालन गरिने छ ।

यस्तै प्रकृतीका आप्रवासी भिसा योजना अस्ट्रेलिया र क्यानडाले पनि सञ्चालनमा ल्याएको र कोरियामा त्यसको प्र’भा’वकारीता हेरेर आगामी वर्ष त्यसको स’मी’क्षा गरेर मात्र अगाडि बढाइने बताइएको छ ।

यसअघि मानव अधिकारवादीहरुको च’र्को द’वा’वमा भिसा नभएका आप्रवासीका सन्तानको जन्मदर्ता गरी सेवा सुविधा प्रदान गर्न कोरिया सहमत भएको थियो । उनीहरुका बच्चाको जन्मदर्ता गरी दिने का’नु’न पनि कार्यान्वयनमा ल्याउने जनाएको छ ।

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया