
काठमाडौं / कुनैबेला केपी शर्मा ओलीले मुख्य भूमिका नखेलेको भए महाकाली सन्धी संसदबाट पारित नै हुँदैनथियो । ओलीले नै महाकाली सन्धीबारे नेकपा एमालेभित्र अ’डा’न लिएर पारित गर्ने पक्षमा निर्णय गराउन सके । जसका कारण एमाले विभाजन समेत भयो ।
महाकाली सन्धीमा आफूले सही निर्णय लिएको बताउँदै आएका छन् ओली । उनले त्यतिबेला देशले खरबौंको आम्दानी गर्ने भाषण समेत गरे । तर, सन्धी भएको दुई दशक बितिसक्दा पनि डिपिआर तयार भएको छैन ।
तर यसपटक भने ओलीले पहिलोपटक सा’र्व’जनिक रुपमा महाकाली सन्धीमा त्रु’टी रहेको स्वीकारेका छन् । उनले पानीको बारेमा चर्चा नहुनु क’म’जोरी भएको बताएका हुन् । त्यतिबेला तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा चर्चा नहुनुलाई क’म’जोरी भने । तर, पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धीले स्थापित गरेको दा’बी गरे ।
पूर्वसचिव समेत रहेका जलस्रोतविद डा. द्वारिकानाथ ढुंगेलको पुस्तक विमोचनमा ओलीले भने,‘महाकाली सन्धीले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ ।’ त’ल्लो शारदा नहर पनि चलेको विषयमा चर्चा नभएको र त्यस्ता विषयमा ल्याप्सेस भएको बताएका छन् । – रि’पो’र्टर्स नेपाल बा’ट ।