आइतबार २१ जेठ २०८०

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नि’यन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज ज’नप्रदर्शन गर्ने भएको छ ।

स’र्वोच्च अ’दा’लतको प’र’मादेश पछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको च’र्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन क’ष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा ज’नप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे ज’नप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

वसन्तपुरबाट शुरू हुने र्‍या’लीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहने एमालेले जनाएको छ ।

यो अ’र्को समाचार :- आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने : काठमाडौं / आव २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४।१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ ।

आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४।१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको स’ङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।

गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो । पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । सरकारले पछिल्लो पटक गरेको सं’शोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ ।

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, कृषि विकास बैङ्कजस्ता निकायले गत आर्थिक वर्ष औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए । यो खबर आ’जको गोरखापत्र दै’नि’कमा छ ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया