बुधबार २४ जेठ २०८०

काठमाडौं / साउन शुक्ल पञ्चमी (नागपञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक विदा दिएको हो ।

कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्री परिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मा’मिला तथा का’नून मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले बताए ।

मन्त्रालयद्वरा जारी सार्वजनिक बिदा सम्बन्धी सूचनामा भनिएको छ ‘मिति २०७९ साउन १७ गते मंगलवार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।’

हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । नागपञ्चमीको विशेष दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भु’टेर फूल उठेको धानको प्रयोग गर्ने वि’धान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

यसले गर्दा घरमा च”ट्याङ नलाग्ने, आ’गो तथा सर्पको भ’य नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार श्रीपञ्चमी र नागपञ्चमीको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दो’षबाट मु’क्त हुने धार्मिक विश्वास छ ।

यो धार्मिक विधी वि’धान कुनै आ’ड’म्बर होइन । अ’न्ध’विश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । प्रकृतिमा भएका वि’षा’लु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बि’षा’लु पदार्थको प्र’भाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो ।

पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको वि’षा’क्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्या’न्सर जस्तो प्रा’ण’घातक रो’गका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि रहेको छ ।

४६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया