शुक्रबार १९ जेठ २०८०

काठमाडौं / आइतबार बिहान गएको भूकम्प ६ म्याग्नेच्युडको भएको र खोटाङको हलेसी केन्द्रबिन्दू भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा नेपालका पूर्वी भूभागसहित काठमाडौं उपत्यकामासमेत भूकम्पको ध’क्का महसुस भएको थियो ।

यसअघि धरान र भोजपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको भनिएतापनि भूकम्प मापन केन्द्रले ६ म्याग्नेच्युड भूकम्प गएको जनाएको हो । २०७२ सालमा गएको महाभूकम्प पछि नेपालमा स-साना हजारौँ पराकम्प आइरहेका छन् ।

यो पनि :- भारी बर्षाको स’म्भावना : काठमाडौँ / अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको मौसमविदले बताएका छन् ।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/च’ट्या’ङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको स’म्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको स’म्भावना रहेको छ । सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

देशका धेरै स्थानहरूमा मेघगर्जन/च’ट्याङसहित हल्कादेखि मध्यम वर्षाको स’म्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको स’म्भावना रहेको छ । न्यु’ज 24 नेपाल बा’ट ।

६१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया