
काठमाडौं, १४ साउन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले माओवादीको एजेण्डामा नै हिँडिरहेको बताएका छन् ।
तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गु’ना’सो पो’खेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै ल्याएको दा’बी गरे । उनले देशमा अब माओवादी केन्द्रमात्रै माओवादीको रुपमा रहेको भन्दै मोहन बैद्य, नेत्रविक्रम चन्द र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीको औचित्यमाथि प्रश्न उठाएका छन् ।
उनले पार्टी स्थानीय तहको निर्वाचनमा निर्णायक शक्तिको रुपमा स्थापित भएको भन्दै आगामी संसदीय निर्वाचनपछि पुरै देशको शासनसत्ताको बागडोर माओवादीले नै सम्हाल्नुपर्नेमा जोड दिएका छन् ।