आइतबार २१ जेठ २०८०

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छा’नविन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन् । समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अ’स्विकार गर्नुपर्ने तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे ।

समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आ’क्रो’श समेत व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘इन्टरनेशनल छा’नवीन गरौं । यो देश वि’रुद्धको अ’प’राध हो । देशको अर्थतन्त्र माथिको ग’म्भिर अ’प’राध हो । जनताले राजस्व तिर्नुपर्छ । उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ ।

व्यवसायीको घा’टी नि’मो’ठिएको छ । केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी ध’रा’शायी पार्ने अ’प’राध गरिएको छ । मामुली कुरा हो यो ? आईन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन । यो विषयलाई ग’म्भी’रताका साथ लिइएन ।’

उनले थपे, ‘ग’ल्ती भयो भन्नेसम्म पनि छैन । अनि ग’ल्ती नै भएको छैन ? प्रमाणित भएन रे । ७ जनाले प्रमाणित हुनै दिएन, मानेन । अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फै’सला । त्यो त पार्लियामेन्टमै हुन्छ/हुन्न ? गरेको भए भईहाल्थ्यो नि । गठबन्धनसँग हाल बहुमत छदैछ । त्यहाँ पनि हुन्छ/हुन्न भनेर निर्णय गर्ने भएपछि ।

सत्य होइन, हुन्छ र हुन्नको आधारमा ११ जनाको समिति बनाउने । सात जना आफ्ना राखेर अनि हुन्छ/हुन्न भनेर ल्याउने रिपोर्ट ? यो कुनै रिर्पोट होइन । तथ्यमा आधारित रिपोर्ट होइन । त्यसकारण त्यसलाई मान्न सक्ने कुरा हुँदैन । नेपाली जनताले त्यसलाई अ’स्विकार गर्नु पर्दछ । र, हामी फरक ढंगले यसलाई जे सत्य हो, त्यो सत्यमा अडिएर हामी अघि बढनेछौं ।’

त्यस्तै अध्यक्ष ओलीले सत्तारुढ दलहरुले देशलाई ब’र्बा’दीको दिशातिर ध’के’लेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जि’कीर समेत गरे । देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका लागि ख’ट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले भने, ‘सत्तारुढ दलका नेताहरुले स्वार्थका लागि काम गरेपछि देश ब’र्बाद हुन्छ नै । यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनु नै हो । जसबाट मात्रै देश बन्न सक्छ ।

एमालेलाई सरकारमा जानु परेको होइन । तर एमालेलाई सरकारमा नपुगी नहुने, बहुमत नभई नहुने किन भयो भने–यो देशलाई बचाउनु छ, जोगाउनु छ । यसलाई अगाडि बढाउनु छ । त्यसकारण नेकपा (एमाले) सरकारमा पुग्नु प¥यो । बहुमत आउनु प¥यो । यसका निम्ति ख’ट्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने पटकपटक दोहो¥याए । त्यस अवसरमा उनले जथाभावी न्या’य नि’रु’पण नगर्न अ’दा’लतलाई पनि सचेत गराए । न्यु’ज 24 नेपाल बा’ट ।

३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया