आइतबार २१ जेठ २०८०

विराटनगर / प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने मा’ग राख्दै संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम जुराउन प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई च’टा’रो परेको छ ।

नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका वेला संयुक्त खस क्षेत्री समाज नेपालले मुख्यमन्त्री राईलाई प्रदेशको नाम सगरमाथा प्रदेश हुनुपर्ने मा’ग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश १ मिश्रित समाज भएकाले इतिहासमा भेटिने, इतिहास बोल्ने जा’तिको जनसंख्या कम भएकाले जा’तिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चि’त्त न’बु’झ्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले वि’रो’धका लागि वि’रो’ध धेरै हुने र ठू’लो स्वर गर्नेको कुरा सुन्ने प्रथाको अ’न्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

जा’ती’य द्व’न्द्व नि’म्त्या’उन सक्ने र स्थायी वि’वा’द ल्याउन सक्ने नाम नराख्न आग्रह गर्दै उनीहरूले कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बे’थि’ति गरिए संयुक्त खस क्षेत्री नेपाल वि’रो’धको आवाज बुलन्द गर्न पछि नपर्ने चे’ता’वनी समेत दिएका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको नाम राख्न नसकेको भन्दै प्रदेश खा’रे’जीको समेत चर्चा भएको बताउँदै यस्ता सं’वे’दनशील विषयमा हतार गर्नुभन्दा समय लिएर टुंगो लगाउनु राम्रो हुने बताउनुभएको छ ।

उहाँले ज्ञापनपत्र बुझेपछि आफ्नो धारणा व्यक्त गर्दै सडक आ’न्दो’लन सडक वि’रो’धको पनि विषय हुने भएकाले यसलाई समय लगाएर छलफल गरेर टुंगो लगाउनु राम्रो हुने बताउनुभएको छ । सोलु एफ एम बा’ट ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया