शुक्रबार १९ जेठ २०८०

काठमाडौँ,११ साउन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले गाउँबाट मानिसहरू सहरमा बसाइसराई गर्ने क्रम ति’ब्र रुपमा बढेकाले यसलाई रोक्नुपर्ने बताएका छन् । गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताएका छन् ।

नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएको हो । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झ’र्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उ’जा’ड बन्दै गएको छ ।”

नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । मानिसहरु सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए ।

नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरु विकास खोज्न भौँ’ता’रिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रुपमा लागेको बताए ।

देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अ’व’रुद्व भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई ती’व्र गतिमा अघि बढाइने उनले बताए ।

नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका छन् । (रासस)

२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया