शुक्रबार १९ जेठ २०८०

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पुर्ण अ’स’हमति जनाएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै शाहीले विवाह गरेर नेपाल आउनेबित्तिकै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था पूर्णरुपमा ग’ल’त रहेको वताएका हुन् ।

उनले भने,’हरेक नेपाली नागरिकले सहज र सरल किसिमले नागरिकता प्राप्त गर्न पाउनुपर्छ । विदेशी महिलाले नेपालमा विवाहपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्यवस्था राष्ट्रियता माथि र देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन्छ । यसले राष्ट्रमा ठुलो असर गर्छ ।’ नागरिकतासम्बन्धी यस्तो प्रावधानले राष्ट्रमा दिर्घकालिन अ’स’र पार्ने उनको भनाइ रहेको छ ।

सरकारले शुक्रबार प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित गरेपछि अहिले सबैतिर यो विषय आ’लो’चित बनेको छ । यसले नेपालको राष्ट्रियतामाथि ग’म्भीर सं’क’ट उत्पन्न हुनसक्ने भन्दै धेरैले यसको बि’रोध गर्दै आएका छन् ।

२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया