
जनकपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू’वि’रुद्ध ग’लत हल्ला फैलाइरहेको बताएका छन् । केही दिनअघि भारत भ्रमणमा जाँदा दिल्लीमा आरजु देउवा र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर अ’फ’वाह फैलाइएको उनले बताए ।
शनिबार जनकपुरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । आगामी संसदीय निर्वाचनपछि प्रचण्ड र आरजु आलोपालो प्रधानमन्त्री बन्ने र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने भन्ने सहमति भएको भन्दै फैलाएको हल्लामा सत्यता नरहेको उनको भनाइ थियो ।
उक्त कुरा आ’फू’विरुद्ध भ्र’म फैलाउन कुनै न कुनै गि’रोहले गरेको अ’प’राधिक हल्ला मात्र रहेको भन्दै उनले त्यस्ता अमूर्त कुरामा कुनै सत्यता नरहेको बताए ।
आफूसँग आरजूको भेट भएकोबारे प्रष्टीकरण दिँदै उनले आरजु उ’प’चारका क्रममा दिल्लीमै भएकोले नेपाली राजदूत शंकर शर्माद्वारा आयोजित ब्रेकफास्ट मिटिङमा भेट भएको बताए । कु’प्र’चार गरिएजस्तो कुनै सहमति नभएले त्यस्ता वा’हि’यात हल्लादेखि सर्तक रहन समेत प्रचण्डले आग्रह गरेका छन् ।
उनले अहिलेको सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरू एकै ठाउँ रहनुपर्ने र एकताको प्रयास भइरहेको समेत बताए । ‘सबैबीचमा राम्रो समझदारी बनाउनुपर्छ, सकेसम्म चुनावी तालमेल नै गर्नुपर्छ । भोलि पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्छ, यसबारे छलफल चलिरहेको छ,’ उनले भने ।