आइतबार २१ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिका मेयर बालेन साह फुटपाथ व्यापार नि’य’न्त्रण गर्न सडकमा उ’त्रिएका छन् । बुधबार बेलुकी बानेश्वरको सडकमा निस्किएका बालेनले हात जोड्दै पसल सटरमा राख्न भन्दै बाटो खाली गर्न आग्रह गरेका छन् ।

धेरै जनताको घर भ’त्काएर बनाएको बाटोमा पसल राख्न होइन , एम्बुलेन्स गुड्न मानिस हिड्न भएकाले थोरै पैसाले तिरेर सटरमा प्यपसाय गर्न आग्रह गरेका उनले फुटपाथमा मकै पो’लिरहेकी महिलालाई भनेका छन् ,

‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ ? धेरै मान्छेहरुको घर भ’त्काएर, उहाँहरुलाई रु’वा’एर बनाएको बाटो हो । हजुरले यसरी हा’ल्दिन मिल्छ ? थोरै भाडा तिरेर पसलमा राखिदिनुस् न ।’जवाफमा ति महिलाले यस्तो काम गर्न सटर भाडामा नपाइने भन्दै बताएकी छन् ।

यति बाटो बनाउन सरकारले एक करोडभन्दा बढी खर्च गरेको भन्दै उनले भने , ‘थोरै भाडा तिरेर पसलमा राख्नुस् न । यो बाटोमा एम्बुलेन्स हिँड्छ, गाडी हिँड्छ । यसो नगर्दिनुस् । यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको हुन्छ ।’

उनले अनुरोध गर्दै सबैलाई भनेका छन् “हामी तपाईंहरुलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको । (हात जोड्दै) प्लीज!!प्लीज‘प्लीज’ यस्तो नगरिदिनुस् ।” भन्दै बाटो खाली गर्न पनि आग्रह गरेका छन् ।

५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया