
धरान, साउन ३ गते / धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले लोकसेवा आयोगले लिने परीक्षा र अन्तर्वार्ता प्रत्यक्ष प्रशारण हुनुपर्ने मा’ग गरेका छन् ।
लोकसेवाको परीक्षा विश्वासिलो नलागेको बताउँदै उनले आज सामाजिक सञ्जालमार्फत यस्तो मा’ग गरेका हुन् ।
‘लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! न’त्र विश्वास नहुने देखिन्छ !’, उनले फेसबुकमा लेखेका छन् ।
मेयर साम्पाङ प्रायः हरेक विषयमा सामाजिक सञ्जालमा टि’प्प’णी गर्ने गर्छन् । यस्ता टि’प्प’णीको अधिकांश जनताले समर्थन नै गरिरहेको पाइन्छ । यद्यपि, कतिपयले भने यसले उनलाई हलुका बनाएको बताउने गरेका छन् ।
यो पनि :- उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने :
काठमाडौँ / ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अ’न्ड’रग्राउण्ड पार्किङभित्र रहेको डि’स्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत ह’टा’उने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अ’न्डरग्राउण्डभित्रका संरचना ह’टा’उन लागेको बताएको हो ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले सवारी पार्किङ गर्ने अन्डरग्राउण्ड पार्किङभित्र डि’स्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताए । ‘सडकमा पार्किङ भएका सवारी साधन अ’ण्ड’रग्राउण्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्नेछ, हामी सरोकारवाला निकायको सहयोगमा अ’न्ड’रग्राउण्ड पार्किङलाई व्यवस्थित गर्नेछौँ’, उनले भने ।
ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आ’चरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भ’त्कि’एका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई क’डाइ गरिने तथा हर्न नि’षेधलाई थप क’डाइ गर्ने प्रवक्ता दासले बताए ।
पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर ज’था’भावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताए । ‘सवारी साधन बढ्दा र सडक नबढ्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चु’नौ’ती बन्दै गएको छ, यसलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी अ’होरात्र ख’टिरहेको छ’, उनले भने ।
ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घण्टे ड्युटी, ३२६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल का’र’बाही टोली, ४० स्थानमा दैनिक तीन घण्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ ।
महाशाखाले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम उ’ल्ल’ङ्घन गर्ने पाँच लाख चार हजार ५९७ सवारी साधनलाई का’र’बाही गरी रु ३३ करोड १३ लाख ६८ हजार २१८ राजस्व सङ्कलन गरेको छ ।
सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार ८९३, मा’द’क पदार्थ से’वन गरी सवारी चलाउन ३३ हजार ५९०, रातो बत्तीको पालना नगर्ने १८ हजार ९८४ र तीव्र गतिमा चलाउने १८ हजार ४४७ सवारी साधनलाई का’र’बाही गरेको छ । कार्यालयले अ’व्य’वस्थित रूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार ९०५ सवारी साधनलाई का’र’बाही गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र भाडा ठ’गी गर्ने तथा अ’नि’यमितता गर्ने १० हजार २९५ सवारी साधनलाई का’र’बाही गरिएको प्रवक्ता दासले बताउनुभयो । सोही आ व मा कार्यालयले प्रविधिको क्षेत्रमा विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र लिने कागजपत्र लिने ठाउँ अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।