मंगलबार ०९ आश्विन २०८०

काठमाडौं/ चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चाबीच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाहको संकेत दिनु भएको छ । विवाह भएको २ बर्षमा डिभोर्स गर्नुभएकी उहाँले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएको हो ।

‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गर्नुभयो । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत हुनुभएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रशंग शुरु गर्नुभयो ।

नायिका विश्वकर्माले आफ्नो बिहेको कुरा गर्ने बेला भैसकेको तर्क गर्नुभयो । तर, उहाँले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताउन मान्नु भएन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि स्पष्ट पार्नुभयो ।

कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उहाँले कहिलेकाही कमजोर महशुस गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो ।

आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क व्यक्त गर्नुभयो । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने पनि उहाँले जानकारी गराउनुभयो । स्रोत : जनबोली

१००९ पटक हेरिएको

तपाईको प्रतिक्रिया