
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो ।
पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ ।
भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ । साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन वोलवम धाउन गरिन्छ ? यी सबैको वैज्ञानिक त’र्क दिन सकिन्छ ।
साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको च’टा’रो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ । तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन-जीविका खेतीपातीबाटै धानिएको छ ।
खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो । खेतीपातीको च’टा’रोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।
किन व्रत बस्ने ?
साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । वा आफ्नो मनोकांक्षा पुरा गराउन मात्र होइन । यी त आस्थाका कुरा भए । विज्ञानको कुरा अर्कै छ ।
भनिन्छ, वर्खायाममा हाम्रो शरीरको पाचनयन्त्र क’म’जोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जी’वाणु फै’लने र झा’डा’पखाला लाग्ने सं’भा’वना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि क’म’जोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।
हामीले देखे, सुनेकै कुरा हो, झा’डा’पखलाको सं’क्र’मण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हे’पा’टाइटिस, है’जा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रो’गहरु देखापर्छ । वर्षा र ओसिलो मौसमले यस्ता सं’क्र’मण फैलने भ’य दो’ब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।
यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रति छौं । यतिबेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पूर्खाहरुले यसबेला खाद्य सं’क’ट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।
किन मासुमंस नखाइएको होला ?
साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक त’र्क छ । तर, यससँग धार्मिक त’र्कमात्र जोडिएको छैन, वैज्ञानिक त’र्क पनि छ ।
माथि पनि उल्लेख गरियो यो सिजनमा सं’क्र’मणको भ’य अधिक रहन्छ । र, मासुजन्य परिकारमा संक्रमणको बढी सं’भा’वना हुन्छ । मासुमंसमा जी’वाणु फैलने । कु’हि’ने, स’ड्ने हुन्छ । त्यही कारण यसबेला मासुमंस त्यती हितकर मानिदैन ।
वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्र’ज’ननको महिना हो । पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन ।
प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लो’प नै हुने ड’र हुन्थ्यो । त्यसैले माछामासु खानमा निय’न्त्रण गरिएको हुनुपर्छ ।
कस्तो खानपान उपयुक्त ?
यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई रा’ह’त दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।