
काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले ह’ति’यार खरिद गर्ने योजना त’त्का’लका लागि रो’किएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाँणले ह’ति’यार खरिद गर्नु आवश्यक भएपनि त’त्का’लका लागि उक्त योजना रो’किएको बताएका हुन् ।
ह’ति’यार खरिदका लागि सरकारसँग आवश्यक रकम नभएको पनि गृहमन्त्री खाँणले बताएका छन् । यसअघि कांग्रेसका नेता शेखर कोइरालाले ह’ति’यार खरिद गर्नु आवश्यक नरहेको बताएका थिए । सोही बैठकमा गृहमन्त्री खाँणले आगामी निर्वाचनमा माओवादीको र’ण’नीतिबारे पनि प्रसंग निकालेका थिए ।
यो पनि :- भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेट
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा तीनदिने भ्रमणमा दिल्ली पुगेका अध्यक्ष प्रचण्डले विदेशमन्त्री जयशंकरसँग आज भेट गरेका हुन् ।
भेटका क्रममा विदेशमन्त्री जयशंकरले जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको बताइएको छ । प्रचण्डलाई दिल्लीमा स्वागत गर्न आफूलाई खुशी लागेको समेत उनले बताए ।
विदेशमन्त्री जयशंकरले नेपाल जहिले पनि भारतको प्राथमिकतामा रहेको बताउँदै ‘छिमेकी पहिलो’ नीतिलाई आत्मसात गरी नेपालको विकास र समृद्धि भारतको चाहना रहेको बताए । नेपालको विकासका लागि भारत भरपर्दो साझेदार रहने उनको प्रतिबद्धता थियो ।