
काठमाडौँ, असार ३२ गते / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल ब’र्खा’स्त गर्न मा’ग गर्दै वाईसीएलले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।
नेकपा एमालेको अर्थ विभागमा बसेर राष्ट्र बैंक चलाइरहेको भन्दै गभर्नर अधिकारीमाथि प्रश्न उठिरहेको बेला वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर कारबाही गर्न मा’ग गरेको हो । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारीमाथि तत्काल एक्सन लिन र छा’न’बिन गर्न मा’ग गरेको हो ।
वाइसीएलको प्रतिनिधि टोलीले प्रधानमन्त्रीसँगको भेटमा गभर्नर अधिकारी एमालेमा रहेर राष्ट्र बैंक चलाइरहेको र उनको शैक्षिक योग्यतासमेत न’क्क’ली भएको आ’रो’प लगाउँदै ब’र्खा’स्त गर्न मा’ग गरेको छ ।
सो क्रममा प्रधानमन्त्री देउवाले कानुनविदसँग परामर्श गरेर गभर्नरबारे निर्णय लिने बताएका थिए । गभर्नर अधिकारीबारे बाहिर आइरहेका कुरा ग’म्भी’र भएको भन्दै प्रधानमन्त्री देउवाले बुझेर मात्र आवश्यक कदम चाल्ने आ’श्वा’सन दिएको भेटमा सहभागी माओवादीका केन्द्रीय सदस्य सुबोध सेर्पालीले जानकारी दिए ।
यसैगरी, वाइसीएलले ज्ञापन–पत्रमार्फत संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन र आर्थिक सं’क’ट तथा विदेशी मुद्रा सञ्चिती घटिरहेको अवस्थामा प्रहरीका लागि ह’ति’यार खरिद गर्ने निर्णय तु’रु’न्त रो’क्न पनि ध्यानाकर्षण गराएको छ । साथै, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन र सामुदायिक विद्यालयका विद्यार्थीलाई चाँडो पाठ्यपुस्तक उपलब्ध गराउन समेत मा’ग गरेको छ ।