
धरान / राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग शुक्रवार भेटवार्ता गरेका छन् । मेयर साम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् ।
‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहोराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’
भेटमा लामिछानेले हर्कलाई भने – ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । समय अभावले सकिएन । जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ’
गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले पनि केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनी आउँदो निर्वाचनमा काठमाडौंबाट ल’ड्ने तयारी गरेका छन् ।
लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन् ।
झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर रवि धरान पुगेका हुन् । उनले धरानस्थित सिद्धि नेवा परिषदको भवनमा कार्यक्रम राखेका छन्।गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई प’रा’जित गर्दै निर्वाचित भएका थिए ।