मंगलबार २३ जेठ २०८०

काठमाडौं, असार ३१ गते / अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ अत्यधिक वृद्धि भएर आज (शुक्रबार) हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ । जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो । विनिमयदर अनुसार १ युरोको खरिददर १२७.७१ र बिक्री दर १२८.३१ रुपैंया छ ।

यो पनि :- सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको रकमसहित भारतीय युवक प’क्रा’उ :
सर्लाही / सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय युवकलाई प’क्रा’उ गरेको छ । भारतीय नागरिक भारत जिल्ला सीतामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा–११ बस्ने वर्ष ३० को विजय ठाकुर प’क्रा’उ परेका हुन् ।

ठाकुरलाई बीआर ३० एक्स ५५४४ नम्वरको भारतीय मोटरसायकलमा भारततर्फबाट आउँदै गर्दा मलंगवा नगरपालिका–८ स्थित गोरखकालीबाट प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरक्षिक प्रविण पोख्रेलले जानकारी दिए ।

उनले हेलमेटभित्र लु’का’एर ल्याएको स्रोत खुल्न नसकेको ५ लाख ११ हजार ५०० सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ ब’रा’मद भएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठाकुर आज दिउँसो ३ बजेतिर गोरखकालीबाट प’क्रा’उ परेका हुन् ।

सर्लाहीमा एक साताअघि मात्रै स’श’स्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख बढी रकमसहित त्रिभुवननगर नाकाबाट अर्का एक भारतीय युवकलाई स’श’स्त्र प्रहरीले प’क्रा’उ गरेको थियो । प्रतिक्रिया दिनुहोस् :

७२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया