बिहिबार १८ जेठ २०८०

काठमाडौं, ३१ असार / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको मा’ग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर’वि’रुद्ध प्रदर्शन गरेको हो ।

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आ’लो’चना समेत भइरहेको छ । यहीबीच आ’न्दो’लन गर्दै नेविसंघले उनको राजीनामा मा’ग गरेको हो ।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै ल’ज्जाको विषय भएको बताए । ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन् । नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झो’ले भएर हिँड्नु नि’न्दा’जनक हुन्छ,’ उनले भने ।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आ’न्दो’लनलाई थप स’श’क्त बनाइने चे’ता’वनी दिएका छन् । आ’न्दो’लनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन् । उनीहरूले एक घन्टा ध’र्ना दिने जनाएका छन् ।

१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया