
काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन् । सोमबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।
अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘जे भए पनि हामीले संघीयता ल्याएको हो । यसको कार्यान्वयनका लागि ऐ’न, का’नुन बनाएका छौं । अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मेहनत गरे पनि हुँदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ ।’
सरकार मृ’त भइसकेको छ, यसले है’जा फैलाउँछ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृ’त भइसकेको टि’प्प’णी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृ’त भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए ।
यो नि’ष्प्रा’ण भइसक्यो, यसले है’जा फैलाउँछ, यसले समाजलाई दू’षि’त गराउँछ’ उनले भने, ‘यो सरकार डे’ड भइसक्यो, देशका लागि यो मृ’त भइसक्यो । ओलीले अब सरकारको अंग प्रत्यंग झ’र्दै जाने पनि टि’प्प’णी गरे ।
भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झ’र्दै जान्छ उनले भने, भ्र’ष्ट’चारी अंग झरेर पिठ बन्छ त्यो ठाउँ त रुखो हुन्छ । एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावमा प्रवेश गरिसकेको भन्दै अहिलेको सरकारको काम नभएको बताएका छन् ।