
काठमाडौं, २७ असार / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यवाहक अध्यक्ष माधव पन्तसहित ११ विद्यार्थीहरु प’क्रा’उ परेका छन् । त्रिविका उपकुलपतिलाई विभिन्न मा’ग राखेर ज्ञापनपत्र बुझाउन पुगेका विद्यार्थीहरुलाई प्रहरीले प’क्रा’उ गरेको हो ।
प’क्रा’उ परेका अनेरास्ववियूका कार्यवाहक अध्यक्ष पन्तले भने–‘अहिले हामीलाई प्रहरीले प’क्रा’उ गरेर किर्तीपुरमा राखेको छ । हामी त्रिविलाई सुधार गर्नुपर्छ भनेर विभिन्न मा’ग राखेर आज भिसीलाई ज्ञापनपत्र बुझाउन गएका थियौं । तर, हामीमाथि ध’र’प’कड भयो ।’
पछिल्लो समय त्रिविअन्तर्गत बिबिएको छैंटौं सेमेष्टरको परीक्षामा चौथो सेमेष्टरबाट प्रश्नपत्र सोधिएको थियो । त्यसको वि’रु’द्धमा विद्यार्थीहरु आ’न्दो’लनमा उत्रिएका थिए । पन्तले परीक्षामा हुने ला’प’रवाहीको बारेमा भिसीलाई ज्ञापनपत्र बुझाउन पटकपटक समय मा’ग गर्दा पनि कुनै पनि वास्ता नगरेको गु’ना’सो पोखेका छन् । आज शान्तिपुर्ण रुपमा आ’न्दो’लन गर्दा प्रहरी प्रशासनको आडमा आफूहरुमाथि द’म’न गर्ने काम भएको उनको गु’ना’सो छ ।
प’क्रा’उ पर्नेहरुमा कार्यवाहक अध्यक्ष पन्तसहित अनेरास्ववियुका स्थायी कमिटी सदस्यहरु प्रेम विश्वकर्मा, विपिन पराजुली, अनेरास्ववियू त्रिवि संयोजक शोभा बम ठकुरी, सचिवालय सदस्य समिर गौतम, सचिवालय सदस्य प्रकाश थापा, सचिवालय सदस्य, प्रज्वल विक्रम थापा, शंकरदेब क्याम्पस अखिल फो’र्स केन्द्रिय सचिव सन्तोष शेर्पा, शंकरदेब क्याम्पसका कैलास राज गिरी र नरदेब उपाध्यायलगायत छन् । – रिपोर्टर्स नेपाल बा’ट ।