
एजेन्सी/ अमेरिकालाई उत्तर कोरियाली शासक किम जोङ उनकी बहिनी एवम् नेतृ किम यो जोङले आफ्नो देशमा बारुदको गन्ध नफैल्याउन चेता’वनी दिएकी छन् ।
किम यो जोङले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको एक साता नबित्दै अमेरिकालाई बारुदी क्रियाकलाप नगर्न भन्दै चेता’वनी दिएकी हुन् ।
उनले मंगलबार त्यहाँको सरकारी पत्रिकामा भनेकी छन्, ‘चार वर्ष राम्ररी सु’त्ने भ’ए हाम्रो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्नु।’
उनले दक्षिण कोरिया लक्षित अभिव्यक्तिहरु पनि दिएकी छन् । उनले पत्रिकामा भनेकी छन्, ‘हामीले एक आँखाले दक्षिण कोरियाको रवै’या र व्यवहार पनि देखिरहेका छौँ, यदी उनीहरुले उत्ते’जना फैलाए, हामी असा’धारण तरिका अपनाउने छौं ।’
अमेरिका र दक्षिण कोरियाले गत साता संयुक्त सैन्य अभ्यास गरेका थिए । हाल अमेरिकी बिदेशमन्त्री मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण निस्किएका छन् ।
उनीहरु सोमबार जापान पुगेका छन् । त्यसपछि बुधबार उनीहरु दक्षिण कोरिया पुग्ने तालिका छ । यो भ्रमण उनीहरुको मुख्य एजेण्डा उत्तर कोरियाको राजनीति नै हुनेछ । दक्षिण कोरियामा उनीहरुले ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ता गर्ने जनाइएको छ ।
उत्तर कोरियाका शासक किम जोङ उन र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने बारे सहमति गरेका थिए । त’र अहिले उत्तर कोरिया त्यो सहमतिबाट प’छि ह’ट्ने मनस्थितीमा छ ।