
काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खा’रेज नगरे देश श्री’लंकाको बाटोमा जाने चे’ता’वनी दिएका छन् ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा भएको महँगी तथा भ्र’ष्टाचार वि’रुद्धको वि’रोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रीहरु ब’न्द हुनुपर्ने बताए ।
‘संघीयताका नाममा खोलिएका फ्याक्ट्रीले जनताको ढा’ड सेक्ने काम गरेका छन् । अ’नावश्यक खर्चले देशमा महँगी र भ्र’ष्टाचार बढाइएको छ’ केसीले भने, ‘छिटो संघीयता खा’रेज नगरे देश श्री’लं’का बन्नबाट कसैले रोक्न सक्दैन ।’
सरकारले देशमा कृषि उत्पादन बढाउन ध्यान नदिँदा व्यापार घा’टा बढेर देश कं’गाल भएको केसीले बताए । किसानलाई समयमै मल र बीउ दिन नसक्नु सरकारको न’का’मी भएको उनको धारणा छ ।
अध्यक्ष केसीले एमसीसी पास गरिसकेपछि फेरि एसपीपीका नाममा अ’मे’रिकी से’ना भित्र्याउन खोजेको आ’रोप पनि लगाएका छन् ।
देशको राष्ट्रियता, गणतन्त्र तथा सार्वभौमिकता ख’तरामा परेको केसीले औँल्याए । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बद्रे आलम, सचिव टान बहादुर केसी र नेता लाल बहादुर पन्त लगायतले सम्बोधन गरेका थिए ।
‘गणतन्त्र, राष्ट्रियता र धर्म नि’रपेक्षताको रक्षा गरौं, सं’घीयता खा’रेजीको लागि सं’घर्ष गरौं’ भन्ने मूल ना’रा सहित राजमोले देशका विभिन्न भागमा वि’रोध प्रदर्शन तथा सभाको आयोजना गरेको छ ।