शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / मकै बेच्ने दम्पतीको ठेला उठाएर आफ्नो ब’दनाम गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ठेला उठाउने नगर प्रहरीमाथि एक्सन लिएका छन् । नगर प्रहरीले मागेको ५ हजार घु’स नदिएपछि ठेला उठाएको समाचार आएपछि मेयर बालेनले सईलाई स्पष्टीकरण सोधेर एक्सनको शुरुवात गरेका हुन् ।

बालुवाटारमा ठेलामा मकै बेच्ने सिन्धुपाल्चोकका चेतेन्द्र आचार्य दम्पतीसँग ५ हजार रुपैयाँ मागेको आ’रोप लागेपछि महानगरले स्पष्टिकरण सोधेको हो । आचार्य दम्पतीले नगर प्रहरी राजन श्रेष्ठले ५ हजार रुपैयाँ मागेको आ’रोप लगाएका थिए ।

‘मिडियामार्फत उनीहरूले जसलाई आरोप लगाएका छन्, हामीले छानबिन थालेका छौं,’ महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘ती कर्मचारीलाई स्पष्टीकरण सोधेका छौं ।’ जवाफ आएपछि थप छानबिन अघि बढ्ने उनले बताए ।

नगर प्रहरीले फुटपाथ व्यापारीसँग मासिक कम्तीमा ५ सय लिने गरेको आ’रोप लाग्ने गरेको छ । घूस मागेको घ’टना बाहिर आएपछि महानगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीलाई थप का’रबाही गर्ने ध’म्की दिएको समाचार पनि आएको छ । ती दम्पतीलाई थप का’रबाही गर्ने विषयमा भने छलफल नभएको काफ्लेले बताए ।

आचार्य दम्पतीले शुक्रबार सडकछेउ मकै बिक्री गर्दैगर्दा नगर प्रहरीले रिक्सासहित उठाएर लगेको थियो । पत्रकार सृष्टि काफ्लेले उक्त घ’टनाको भिडियो सामाजिक सञ्जालमा राखेपछि महानगरको चौतर्फी वि’रोध भएको थियो ।

‘सामान उठाएपछि रिसइबीले त्यस्तो बोलेको हो वा वास्तविक के हो ? हामीले छानबिन गरिरहेका छौं,’ काफ्लेले भने । महानगरको नीतिअनुसार फुटपाथ पैदल यात्रुले हिँड्न बनाइएकाले व्यापार गर्ने थलोका रूपमा प्रयोग गर्न नहुने काफ्लेले बताए । ‘सडक र फुटपाथ व्यापार गर्ने ठाउँ होइन भन्नेमा महानगर प्रस्ट छ,’ उनले भने, ‘महानगरको नी’तिविपरीत गर्नेलाई का’रबाही गर्दै आइरहेका छौं । बालुवाटारमा आचार्य दम्पतीको पनि यही भएको हो ।’

काठमाडौं महानगरमा फुटपाथ तथा सडक व्यापारी र नगर प्रहरीबीच लु’कामारी नै हुने गरेको छ । नगर प्रहरी नहुँदा निर्बाध सडकमै व्यापार हुने भए पनि प्रहरी पुग्नेबित्तिकै पोका पारेर भागाभाग हुन्छ ।

नगर प्रहरी फर्कनेबित्तिकै फेरि व्यापार सुरु गर्छन् । फुटपाथमा व्यापार गर्नेलाई निश्चित ठाउँमा व्यवस्थापन गरेर रोक्नुपर्ने माग हुन थालेको छ । नगर प्रमुख बालेन्द्र शाहको घोषणापत्रमा पनि फुटपाथ व्यापारलाई व्यवस्थित बनाउने उल्लेख छ । घर भत्काएर फुटपाथ बनाएका काठमाडौं उपत्यकाका स्थानीयले सडक र फुटपाथमा व्यापार व्यवस्थित गर्न माग गरेका छन् ।

यसैबीच, आचार्य दम्पतीको गाडा नगर प्रहरीले लगेको भिडियो बाहिरिएसँगै स्वदेश तथा विदेशबाट सहयोग जुट्न थालेको छ । सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्य तीन जनाले ४० हजार सहयोग गरेका छन् । तीन जनामध्ये अमेरिकाबाट २० हजार, अर्को दुई जनाबाट २० हजार रुपैयाँ सहयोग पाएको चेतेन्द्र आचार्यले बताए । ‘एक जनाले रिक्सा किनिदिन्छु भन्नुभएको छ,’ उनले भने । मोटीभेट न्यू’ज बाट ।

१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया