
काठमाडौं / नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट नि’ष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट नि’ष्कासन गरेका हुन्।
निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आ’रोप लगाउँदै संयोजक गौतमलाई नि’ष्कासन गरेको छ ।
शनिबार काठमाडौंको सतुंगलस्थित बसेको चार शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट नि’ष्कासन गर्दै सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन पनि गरेको छ ।
सदस्यतर्फ कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।
यस्तो छ, गौतममाथि लगाइएको आ’रोप :
१.सांगठनिक अ’राजकता, नि’रङकुश, ता’नाशाही शैली, च’रम अवसरवादी च’रित्र र अ’राजनीतिक व्यवहार प्रस्तुत गरिएको ।
२.अ’हं’कारवादी सोच र एकलौटी निर्णय गरिएको ।
३. जा’लझेल, छ’लछाम, ष’ड्यन्त्र र ति’कडमबाजी कार्यशैली अपनाइएको ।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आ’बद्ध दलहरुको आडमा श’क्ति बनाई सो श’क्तिको च’रम दु’रुपयोग गरी उल्लेखित श’क्तिहरुलाई सि’ध्याउने गतिविधि गरिएको ।
५. सम्पुर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य वि’परीत अभियानलाई स’त्ता, श’क्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।