सोमबार ३० साउन २०७९

काठमाडौँ / दक्षिण कोरियामा अ’वै’ध रुपमा काम गर्दै आएका १३ नेपाली प’क्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐ’न उ’ल्लंघन गरेको आ’रोपमा उनीहरु प’क्राउ परेका हुन् ।

प’क्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

कृषि तथा माछापालन मौसमी कामदारको रुपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गै’र’कानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा प’क्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना प’क्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गै’र’कानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवापत रकम असुल्ने गरेका थिए ।

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया