सोमबार १५ जेठ २०८०

बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ ।

त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्छन् । मनलाई शान्त पार्ने, देवतालाई खुशि पार्नमा प्रयत्नशील रहन्छन् ।
यी दुई कामसँगै अरु के के गर्यो भने हुन्छ फलीफाप ?

१. तामाको लोटामा राखेको पानी खानुहोस्

बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग क’ब्जियत, अ’प’च, ग्या’ष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

२. तेलले मालिस गर्नु

दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सकेसम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।

३. तुलसीमा जल चढाउनु

दिनहँु बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

४. सूर्यलाई जल चढाउनु

शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।

५. गाईलाई रोटी ख्वाउनुहोस्

सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

६. योग एवं ध्यान गर्नुहोस्

लामो समय सम्म स्वस्थ रहन र शरीरलाई फुर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट ब’चाउँछ । मा’न’सिक स्थितिमा सकारात्मक प्र’भा’व पार्छ । ध्यानले क्रो’धलाई नियन्त्रण गर्छ । मा’नसिक त’ना’ब बाट मु’क्ती दिलाउँछ । शरीरलाई रो’गसँग ल’ड्ने क्षमतामा वृद्धि गर्छ ।

७. घरको मन्दिरमा पूजा गर्नुहोस्

हरेक दिन बिहान घरमा आफूले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ । दियोको उज्यालो र अगरबत्तिको धुवाँले घरको वातावरणका न’का’रात्मक उ’र्जा ख’त’म हुन्छ भने हरेक दिन विहान घरमा बत्ति बा’ल्नाले वास्तुका अनुसार पनि कयौं दो’षहरु हट्छन् । – उज्यालो टाइम बाट ।

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया