
बुटवल / लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अ’भ’द्र व्यवहार गरेको आ’रो’पपछि उनी वि’वा’दमा तानिएकी थिइन् । त्यसबारे छा’नबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका उनका पति उत्तरकुमार वलीको सडक दु’र्घ’टनामा परेर मृ’त्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा पुन: सञ्चालन भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।
फागुन २३ को स’र्वो’च्चको फै’सलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादी पार्टीले नै उनलाई राज्यमन्त्री बनाएको थियो ।