सोमबार ३० साउन २०७९

काठमाडौं / सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने स’म्भा’वित जो’खि’मलाई मध्यनजर गर्दै माछा मा’र्ने तथा बाढीले ब’गा’एर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्र’ति’बन्ध लगाएकोे हो ।

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित वि’प’द् आइपरे खोज तथा उ’द्धा’रका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।

यद्यपी, प्रशासनले नदीको ब’हा’व बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ ।

पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको ब’हाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ ।

ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले कहीँकतै क’टा’नको खबर नरहेको जानकारी दिए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने श’त’र्कता अपनाउन आग्रह गरिएको बताए ।

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया