
विराटनगर / गएरातिदेखि निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण आएको बाढीले मोरङको विराटनगर महानगरपालिका क्षेत्रका एक हजार पाँच सय घरपरिवार विस्थापित भएका छन् ।
विभिन्न खोलाहरुमा आएको बाढीबाट महानगरका १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका प्र’भा’वित बासिन्दा विस्थापित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
विराटनगरका साथै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि भारी वर्षापछि आएको बाढीले प्र’भा’वित भएपछि स्थानीय पालिकाहरुको समन्वयमा राहत तथा उद्धारको कार्य सुरु गरिएको प्रजिअ दाहालको भनाइ छ ।
जिल्ला दैवी प्र’को’प उद्धार समितिको आ’कस्मिक बैठक आह्वान गरिएको बताउँदै उनले राहत तथा उद्धारका साथै वि’स्थापितहरुको अ’ल्प’कालीन व्यवस्थापनका लागि त्रिपाल तथा खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको प्रबन्धका लागि बैठकले निर्णय गर्ने उल्लेख गरे ।
जिल्लाका सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकामा बाढीको प्र’भा’व बढी रहेको प्रजिअ दाहालको भनाइ रहेको छ । प्रदेश पोर्टल बा’ट ।