सोमबार ३० साउन २०७९

काठमाडौँ / जिम गएर समेय खे’र फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् ।

प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन योजनालाई सहयोग गर्न ती युवालाई आह्वान गरेका हुन् । स्थानीय पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर नगरवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गरेका हुन्।

‘जिम गयो भने पैसा तिर्न पर्छ, यहाँ श्रम गर्दा त उल्टो पैसा आउँछ । प्रकृतिसँग रमाउँदै पसिना निकाल्दा ज्या’न पनि लाग्छ ।’ भन्दै साम्पाङ युवाहरुलाई आह्वान गरेका हुन् ।

‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवालाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ उपमहानगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले स्थानीय तह निर्वाचनमा धरानवासीलाई पानी खुवाउने एजेन्डा अघि सारेका थिए । धरान–२० मा पर्ने पकुवा खोलाबाट पानी ल्याउन साम्पाङ आफैँ श्रमदान गर्दै आएका छन् । प्रदेश पो’र्ट’ल बाट ।

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया