बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ नारायणहिटी दरबारभित्रको एक भिडियो बाहिरिएको छ । त्यहाँ भएको फिल्म हलको भिडियो बाहिरिएको हो । त्यहाँ फिल्म हल पनि रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

यो ११६ जना मानिसहरु बसेर सिनेमा हेर्न मिल्ने हल भने बिगत झण्डै दुई दशकदेखि बन्द रहेको थियो । तर अब यो फिल्म हल आगामी बैशाखदेखि संचालनमा आउने भएको छ ।

राजारानी बसेर फिल्म हेर्ने गरेको हलमा अब सर्वसाधारणले राजारानी बस्ने कुर्सीमै बसेर फिल्म हेर्नसक्ने दरबार संग्रहालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

दरवारको फिल्महलभित्र उपलब्ध पुराना फिल्म र डकुमेन्ट्री दर्शकहरुले अब हेर्न पाउने भएका छन् । त्यहाँ रहेका धेरै फिल्महरु दुलर्भ रहेको र ती साजसंस्थासँग सम्बन्धित सबै डकुमेन्ट्री भिडियो अब सर्बसाधारणले हेर्न पाउने भएका छन् ।

यो हलमा तत्कालिन राजपरिवारका सदस्य र आफन्त बाहेक अरुलाई प्रवेश अनुमति थिएन । हाल नारायणहिटी राजदरवार संग्रहालयमा परिणत भएसँगै नागरिकको लागि पनि खुला गर्न लागिएको हो । राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउने संग्राहलयका अधिकारीहरुले बताएका छन् ।

चलचित्र विकास संस्थानले अहिले हलमा रहेका फिल्मका पुराना रील र प्रोजेक्टरको सफाइ गरिरहेको छ भने, सोफा एवं पर्दामा लागेको धुलो हटाउने काम गरिरहेको छ । हे’र्नुहोस् भिडियो:-

१११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया