सोमबार २० आषाढ २०७९

काठमाडौं / नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।

‘कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन ल’ड्न र जित्न पाउनेगरी का’नुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् :-

स्वतन्त्र उम्मेदवारीमा नै भ्र’म र अ’न्यो’ल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।

पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले आज नयाँ दल खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताएका छन् । उनले भनेका छन् , ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्यमा ५० प्रतिशत युवाहरु मात्रै हुनेछन् ।’

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया