
काठमाडौं, ७ असार / पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताएका हुन् । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरेका छन् ।
‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै नै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे नै मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु ? ’ लामिछानेले भने ।
उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा कहिले पनि नरहने बताएका क्षण । उनले आगामी निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउने सबैका लागि ढोका खुल्ला रहेको र त्यसरी आउनेलाई आफूले स्वागत गर्ने बताएका छन् ।