शुक्रबार १९ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् ।

बालेन्द्र शाहले चुनावमा तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने भएपनि विभिन्न कारणहरुले ढिलाइ हुन पुगेको जानकारी दिएका छन् ।

मेयर बालेनले निर्वाचनमा मतदाता नामावली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च गरेकाे विवरणमा उल्लेख छ । त्यस्तै प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

उनले सार्वजनिक गरेको खर्च विवरण अनुसार मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको थियो । शानदार मतका साथ विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावमा कति खर्च गरे होलान् ? भन्ने धेरैको चासो र खोजीको विषय रहेको थियो । तस्वीर :- फाईल ।

२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया