आइतबार १९ आषाढ २०७९

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।

यो पनि :- बजेटसँग सम्बन्धित दुई विधेयक पारित :
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।

त्यसअघि बैठकमा का’नू’न न्या’य तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले का’नून न्या’य तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया