
काठमाडौँ/ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टी अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।
साथै, खनाल- नेपाल समूहले चैत ४ र ५ गते आयोजना गर्न लागिएकाे राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णयसमेत गरेको छ ।
सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद सकारात्मक हुन नसकेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।
धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको बसेकोबैठकले यस्तो निर्णय गरेको हो ।
ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।