
बुटवल, ३ असार / प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर आकाशमै इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।
हेलीकप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार रहेका थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।
उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्काले भेटघाट गरेका थिए ।
त्यस्तैगरी नेपाल तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतका नेताहरुले पनि प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए । करिब २० मिनेटको भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशमा तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढे । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।
देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको हे’ल’चेक्याइ हुन अस्वभाविक हो । सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको पहिले नै व्यवस्था नगरी उडान भर्नु सम्बन्धित निकायको गै’र’जिम्मेवारीपना पनि हो भन्दै अहिले उक्त घ’ट’नाको सबैतिरबाट आ’लो’चना गरिएको छ । तस्वीर :- फा’ई’ल ।