बुधबार २४ जेठ २०८०

मकवानपुर / बागमती प्रदेश सरकारले जो’खि’ममा परेका ग’र्भवती महिलाहरुलाई निःशुल्क रुपमा हवाई सेवा उपलब्ध गराउने भएको छ ।

प्रदेशको प्रदेशसभामा आर्थिक मा’मिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्या’न जो’खिममा परेका ग’र्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उ’द्धा’र गर्ने व्यवस्था मिलाइने उल्लेख गर्नुभएको छ ।

प्रदेशभित्रका स्थायी बासिन्दाका लागि र’ग’त, ब्ल’ड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क र’क्तसञ्चार सेवा उपलब्ध गराइने भएको हो । यस्तै प्रदेश सरकारले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।

कि’शोर कि’शोरीको यौ’न तथा प्र’जनन् स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्याउन रु २८ करोड विनियोजन गरिएको छ ।

यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र कि’शोरीको पा’ठेघरको मुखको क्या’न्सरको रोकथाम गर्न सङ्घीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ ।

प्रदेश सरकारले महिलामा हुने पा’ठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फि’स्टु’ला’लगायतका समस्याको समयमै नि’दान गर्ने र निःशुल्क श’ल्य’क्रिया गर्ने व्यवस्था मिलाएको छ । यस्तै को’भिड–१९ म’हा’मारी तथा स’ङ्क्रा’मक रो’गविरुद्ध ल’ड्न कम्तिमा ५० श’य्याको सुविधा सम्पन्न प्रदेशस्तरिय स’रुवा रो’ग अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रो’गीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, र’ग’त, ग्लुकोज, दि’सा, पि’साब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्या’न्स’र लगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम सञ्चालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया