सोमबार २० आषाढ २०७९

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग पानीको मुहान खानेपानीको जलाधार क्षेत्रको सुरक्षामा नियमित रुपले खटिएका नगरप्रहरीलाई भेट्न बुधबार बिहानै आँपगाछी पुगेका छन् ।

नियमित रूपले पहरामा रहेका नगरप्रहरीहरुको लागि आवश्यक पर्ने खाजा र पानी बोकेर पुगेका मेयर साम्पाङ्गले त्यहाँ नगरप्रहरीले भोगिरहेका समस्या बारेमा सोधपुछ गरेका थिए । खटिएका नगर प्रहरीहरुले पनि मेयर सम्पाङलाई काम गर्ने शिलशिलामा आफूलाई परेका समस्याहरूका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

साम्पाङ्गले नगरप्रहरीलाई खानेपानीको मुहानमा दिशापिसाव गर्न अटेर गर्नेहरु भए नभएको बुझ्दै यदि भन्दाभन्दै पनि कोही कसैले अटेर गरे वा ज’ब’र्जस्ती गरेमा गाडीको नम्बर नोट गर्न र आफूलाई खबर गर्न नगरप्रहरीलाई निर्देशन दिएका थिएका छन् ।

मेयर साम्पाङ्गले अरु नगरप्रहरीको आवश्यकता रहे नरहेको समेत बुझेका थिए । धरान उपमहानगरको प्रमुखमा मेयर साम्पाङ्गले जित हासिल गरेपछि तत्कालै खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरी पानीको मुहानको सुरक्षाको लागि नगरप्रहरीको परिचालन गरिएको थियो ।

नगरप्रहरी बिट नै स्थापना गरेर धरान उपमहानगरले धरान भेडेटार सडक खण्डको आँपगाछिमा पार्किङ्ग र दिशापिसाव नगर्ने जनचेतनाको लागि बोर्ड समेत राखेको छ । अहिले खानेपानीको मुहान क्षेत्रमा नुहाउने , दिशापिसाव गर्ने कार्य बन्द गर्न एक सिफ्टमा ३ जनाको दरले नगरप्रहरी परिचालन गरिएको छ । प्रदेश पो’र्ट’ल बाट । हेर्नुहोस् भिडियो :-

यो पनि :- मल र मजदुर अभावमा कृषकलाई समस्या :
काठमाडौँ / म्याग्दीमा मल र मजदुर नपाउँदा यहाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चि’न्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइ शुरु भएको छ ।

मल अभावमा यसपाली मकै र धानको उत्पादन प्र’भा’वित हुने मंगला गाउँपालिका–२ का कृषक रामकुमारी खत्रीले चिन्ता गरिन् । “मकैमा रासायनिक मल हाल्न पाइएन”, उनले भने “धान रोप्ने समय भएपनि मल नपाउँदा उत्पादन घट्ने चि’न्ता छ ।”

गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । अर्म, पर्म जस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउँदै गएको मंगला–५ का मनबहादुर मगरले बताए ।

“मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्रयाक्टर र मिनिट्रेलरले खेतबारी खनजोत गर्न थालेका छौ”, उनले भने “खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुः’ख हुन थाल्यो ।” मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव, असिना, रो’ग’किराले उत्पादन बढाउन चु’नौती भएको कृषक मगरको भनाइ छ ।

म्याग्दीको रणवाङ, छिसवाङ, पिपलबोट, घतान, पिप्ले, भगवती, घार, बरञ्जा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् ।

तीन हजार ८८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । नियमित वर्षा भएकाले सिँचाइ सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताए । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उनको भनाइ छ ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ । रा.स.स.

२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया